– अर्जुन तिमिल्सिना
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको ‘ख’ वर्गको विकास बैंक हो। यो बैंकको स्थापना २०६३ सालमा भएको हो।
विशेषगरी यो बैंकले पूर्वी नेपालका जिल्लाहरुमा कार्यक्षेत्र बनाएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हालसम्म यो बैंकका पूर्वका विभिन्न जिल्लामा गरेर कर्पोरेट कार्यालयसहित १८ वटा शाखा छन्।
यो बैंकको प्रधान कार्यालय सुनसरीको महेन्द्रपथमा छ। बैंकमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधरणको सेयर स्वामित्व छ।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको चुक्तापुँजी ९० करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ४३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंककोे खुद नाफा १५ करोड ३६ लाख रुपैयाँ रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.०१ रुपैयाँ, प्रतिसेयर वितरणयोग्य मुनाफा (डीपीएस) १६.४२ रुपैयाँ, रिटर्न अन इक्विटी (आरओई) १२.५२ प्रतिशत, बुक भ्यालु १४४.३१ रुपैयाँ र एनपीएल ०.९ प्रतिशत रहेको छ। बैंकको १० वर्षको औसत वार्षिक लाभांशदर २३.४७ प्रतिशत छ। गत ५२ हप्तामा यो बैंकको उच्च मूल्य प्रतिकित्ता ८३६ रुपैयाँ र न्यून मूल्य ३१४ रुपैयाँसम्म कायम भएको छ। हाल दोस्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ रहेको छ।
बैंकले एकपटक सन् २०१६ मा ५० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
यो बैंकको फियर एन्ड ग्रिड मिटर न्युट्रल जोनमा रहेको देखिन्छ। यस्तो मिटर यदि २० भन्दा तल भएमा एक्सट्रिम फियर र ८० भन्दा माथि भएमा एक्सट्रिम ग्रिड भएको बुझिन्छ। हाल यो बैंकको यस्तो मिटर ५० को न्युट्रल जोनमा छ। (हेर्नुहोस् मुख्य तस्बिर)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बैंकले बोलिंगर ब्यान्डमा मूल्यरेखाले तल्लो ब्यान्डमा सपोर्ट लिँदै गरेको देखिन्छ। तल्लो ब्यान्डमा हरियो क्यान्डल बनाएको छ तर अघिल्लो दिनको क्यान्डलभन्दा छोटो बनेको छ। म्याक्डीमा गत ८ अगस्टमा बियरिस क्रसओभर बनेको हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र थप लामा–लामा बनेका छन्। आरएसआई ७० को ओभर सोल्ड जोनबाट झरेर हाल ४५ को जोनमा पुगेको छ। यसले यो बैंकको सेयरमा बिक्रीचाप परेको देखिन्छ।
इचिमोकुका आधारमा
यो बैंकको इचिमोकुको क्लाउड पोजिसन हरियो नै छ तर मूल्यरेखाहरुले क्लाउडलाई माथिबाट काट्दै गरेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
कन्भर्जन लाइनले बेस लाइनलाई गत १६ अगस्टमै काटेको छ। यसले बैंकको सेयरमूल्यमा विस्तारै बिक्रीचाप पर्दै गरेको बुझिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा पनि यो बैंकको मूल्यरेखाले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल झरेको देखिन्छ। सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ भने ट्रेन्ड पनि केही तल बाङ्गिएको देखिन्छ (हेनुहोस् कालो एरो)। यसले बैंकको सेयरमा बिक्री दबाब रहेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यामा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ३९५
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा बलियो नै रहेको मितेरी डेभलपमेन्ट बैंकमा प्राविधिक रुपमा बिक्रीचाप परेको देखिन्छ। बोलिंगर ब्यान्ड केही साँघुरिएर तल घुमेको छ। म्याक्डीमा हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन्। आरएसआई पनि ४५ को जोनमा घट्दो क्रममा रहेको छ। यी विविध कारणले बैंकको सेयरमूल्यमा अल्पकालीन गिरावट आउन सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19