काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस सेयर घोषणा गर्ने कम्पनीहरुमा मितेरी डेभलपमेन्ट बैंकले सबैलाई उछिनेको छ ।
यो बैंकले हालसम्मको सबैभन्दा बढी प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
भदौ २१ गते बसेको संचालक समितिको १६२ औं बैठकले ३१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो बैैंकले ११ करोड ९७ लाख ६ हजार ९ सय ४४ रुपैयाँ बराबरको बोनस सेयर र ६३ लाख ३ सय ६५ र ४७ पैसा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।
नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले पाउनेछन् ।
हालसम्म गत आर्थिक वर्षको नाफाबाट सेयर र नगद लाभांश गरी सबैभन्दा बढी नवील बैंकले लाभांश प्रस्ताव गरे पनि बोनस सेयर मात्रको तुलना गर्दा यही बैंक अगाडि देखिएको हो ।
हाल यो बैंकको चुक्तापूँजी ३८ करोड २ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी ५० करोड माथि पुुग्नेछ ।
यो बैंकले गत आर्थिक वर्षमा १२ करोड ११ लाख खूद नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.३२ गुणा रहेको छ । अघिल्लो वर्ष १४ करोडमा सीमित रिजर्ब कोषलाई बढाएर यो बैंकले २१ करोड ३९ लाखको बनाएको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19