काठमाण्डौ । गत आर्थिक वर्षको सञ्चित नाफाबाट १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

मंसिर १९ गते बसेको सञ्चालक समितिको २३५ औं बैठकले आगामी पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा १८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले यसअघि सञ्चालक समितिबाट घोषित ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

बैंकले साधारणसभाको अजेण्डामा अन्य बैंक तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने(मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राखेको छ । सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने अजेण्डा समेत पारित हुने बताइएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको २०७९-८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षककको प्रतिवेदनसहित सो आर्थिक वर्षको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने लगायतका अजेण्डा समेत प्रस्तुत हुने बताइएको छ । 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज हुने समेत घोषणा गरेको छ । यसको अर्थ मितेरी डेभलपमेन्ट बैंकले घोषणा गरेको लाभांश पाउनेगरी सेयरधनी बन्न चाहनेलाई मंसिर २७ गतेसम्म सो बैंकको सेयर खरीद गरिसक्नुपर्नेहुन्छ ।