काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
संस्थाको शुक्रबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २४२.४९ प्रतिशतले बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाले ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड १५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ७१ लाख ८४ हजार रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत २ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा १ करोड ८८ लाख रुपैयाँ थियो।
संस्थाले समीक्षा अवधिमा ९१ करोड ४१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा ७२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाले रिजर्भको आकार पनि ३३.१८ प्रतिशतले बढाएर ८ करोड ४५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ६ करोड ३४ लाख रुपैयाँको थियो।
संस्थाको चुक्तापुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ।
वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१.७९ रुपैयाँ पुगेको संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.३३ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६९.४७ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago