काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सत्यदेव राउत नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको जेठ २ गते सोमबार बसेको बैठकले सीईओमा पुनः राउतलाई नियुक्त गरेको हो। योसँगै राउतको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ।
राउतले विगत ४ वर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल पुर्याई ४४ वटा शाखामार्फत ३२ हजार ग्राहक सदस्यलाई आर्थिक रुपमा मात्र नभई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्दै आएको बताए। जनताका लागि घरदैलोमा गई वित्तीय सेवा प्रवाह गर्नुको साथ साथै समय समयमा स्वास्थ्य शिविर, आँखा शिविर, तरकारी खेतीजस्ता कार्यमा विशेष सहयोग पुर्याउँदै आएकोमा हाल नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आफ्ना १० हजार ग्राहक सदस्यलाई वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत विद्युतीय चुलो वितरण गर्ने काम गरिरहेको र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ब्यबसाय गर्न चाहने युवा ग्राहकहरुलाई व्यवसाय गर्न सुलभ व्याजदरमा कर्जा प्रवाह गरिरहेको उनले जानकारी दिए।
राउतले आगामी कार्यकालमा नेपाल सरकारसँग समन्वय गरी विभिन्न किसिमका सामाजिक तथा उत्पादन मुलक कार्यक्रमहरु गरी संस्थामा आबद्ध भएका विपन्न वर्गका मानिसलाई आर्थिक रुपले सक्षम बनाउन सहयोगि भुमिका खेल्ने र मिथिला लघुवित्त वित्तीय संस्थालाई देशकै उत्कृष्ट वित्तीय संस्थाको रुपमा पहिचान दिलाउने लक्ष्य रहेको सुनाए।
धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २ अर्ब ८ करोड लगानी रहेको छ भने ६४ करोड बचत परिचालन गरि मधेश प्रदेशको सबैभन्दा अब्बल प्रादेशिकस्तरको वित्तीय संस्थाको पहिचान राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19