काठमाण्डौ । मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ५० प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । बोनस सेयरको साथमा लगानीकर्तालाई कर प्रयोजनका लागि २.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरिएको छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र माइक्रो फाइनान्सको आगामी वार्षिक साधारणसभाले पास गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्मको अवधिमा १ करोड १३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी २ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयरको वितरणपछि चुक्तापूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।