काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले आउँदो चैत १८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको बनेपाबजारस्थित पञ्चकन्या बैंक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले प्रस्ताव गरेको चुक्तापुँजीको कुल ९.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.१९९८ प्रतिशतले हुन आउने बोनस सेयर र ०.४८२९ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्।
संस्थाको चु्क्तापुँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१.५० रुपैयाँ रहेको छ।
सभाले मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा स्वेडाका तत्कालीन संस्थापक सेयरधनीहरुले राखेका कल्स एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चु्क्तापुँजीमा समायोजन गर्न र स्वेडालाई प्राप्तिपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयरपुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
कल्स इन एड्भान्सको रकम सेयरपुँजीमा समायोजन गर्दा, एफपीओ निष्कासन गर्दा र बोनस सेयर वितरणपश्चात संस्थाको पुँजी वृद्धि हुने भएकोले अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो चैत ८ गतेबाट चैत १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19