काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ३०.८० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

कम्पनीको बुधबार बसेको संचालक समितिको १२० औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरण पारित गर्दै सो अवधिसम्मको मुनाफाबाट सेयरधनीलाई ३०.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो कम्पनीले आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ३०.८० प्रतिशत बोनस वितरणपछि चुक्तापूँजी बढेर ५ करोड ४२ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीले ४ करोड ५० लाख चुक्तापूँजीको १०० प्रतिशत हकप्रद निश्कासन समेत गर्न गइरहेको छ । हकप्रद समेत निश्कासन भएपछि यसको चुक्तापुँजी वृद्धि भई १० करोडको हाराहारीमा पुुग्नेछ ।