काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा बिहान ११ः३० बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रबन्धपत्र र नियमावलीको सम्बद्ध दफामा संशोधन गर्न स्वीकृति प्रदान गर्नेछ। 

अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सञ्चालक समितिबाट गरिएको दुईजना सञ्चालक नियुक्ति सभाले अनुमोदन गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण विवरणहरु सभामा छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।