काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओमा चौथो दिनसम्ममा नै मागभन्दा करिब ९९.३३ गुणा बढी आवेदन परेको छ। 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले जारी गरेको एफपीओमा उक्त अवधिसम्ममा  १० लाख ७० हजार ७६६ जनाको १ अर्ब २२ करोड ९८ लाख ६८ हजार रूपैयाँको लागि आवेदन परेको हो। 

कम्पनीले असोज २५ गतेदेखि १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आवेदकले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो।