काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यस दिन नेप्सेमा उक्त कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर सूचीकृत भएको हो।कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको थियो।

सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।लगानीकर्ताले सूचीकृत सेयरको कारोबार मंगलबारदेखि गर्न पाउने छन् ।