काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको भदौ १७ गते आइतबार बसेको १३७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १० करोड ३८ लाख ६० हजारको २ करोड ४९ लाख २६ हजार ४ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १२ करोड ८७ लाख ८६ हजार माथिको उचाईमा पुग्नेछ । 

यो निर्णय नियामक केन्द्रीय बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।