मिश्र र ढुंगाना ।
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ ।
केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकबाट केन्द्रीय बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त भएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
तत्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि केही दिनदेखि सो पद रिक्त थियो । गभर्नर महाप्रसाद अधिकारीले मिश्र र ढुंगानासहित डा. गुणाकर भट्ट र देवकुमार ढकालसहित ४ कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । सिफारिस ४ नाममध्ये कार्यकारी निर्देशकको वरियताक्रममा तेश्रो स्थानमा रहेकी ढुंगाना र तेह्रौं स्थानका मिश्रले बाजी मारेका हुन् ।
निलम ढुंगाना केन्द्रीय बैंकको डेपुटी गभर्नर बन्ने पहिलो महिला समेत बनेकी छिन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago