काठमाण्डौ । मिसन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक १२ गते बसेको संचालक समितिको ३०२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ११ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५१ करोड ९२ लाख रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी ५४ करोडको हाराहारीमा पुग्नेछ ।