काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको कुल सम्पत्ति करिब ७३ प्रतिशतले बढेर भारु ६.५८ लाख करोड रुपैयाँ पुगेको छ। योसँगै उनी लगातार ९ वर्षदखि भारतका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।

अम्बानीले आफ्नो टेलिकम र रिटेल बिजनेसको अधिकांश सेयर बेचिसकका छन्। जसका कारण रिलायन्स इन्डस्ट्रिजको सेयरमा लगातार उछाल आइरहेको छ। 

आईआईएफएल वेल्थका साथ मिलेर हुरुनले तयार पारेको प्रतिवेदनमा ६३ वर्षीय अम्बानी विश्वकै पाँचौँ धनी व्यक्ति बन्न सफल भएको दाबी गरिएको छ। 

हुरुनको धनाढ्यहरुको सूचीमा ८२८ भारतीयलाई समावेश गरिएको छ। धनाढ्य भारतीयहरुको सूचीको दोस्रो स्थानमा हिन्दुजा ब्रदर्स छन्। हिन्दुजा ब्रदर्सको कुल सम्पत्ति भारु १ लाख ४३ हजार ७०० करोड रुपैयाँ रहेको छ। 

यसैगरी एचसीएलका संस्थापक शिव नाडर भारु १ लाख ४१ हजार ७०० करोड रुपैयाँको सम्पत्तिका साथ तेस्रो स्थानमा छन्। गौतम अदाणी र उनको परिवार भारु १.४० लाख करोड सम्पत्तिका साथ चौथो स्थानमा छन्। विप्रोका अजिम प्रेमजी पाँचौँ स्थानमा छन्। – एजेन्सी