काठमाण्डौ । विकास बैंकमध्ये उत्कृष्ट ५ मा पर्ने मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । 

गत वर्ष मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ प्रतिशत बोनस वितरण गरेको थियो । 

यो बैंकले आगामी असोज २१ गतेदेखि ५० प्रतिशत हकप्रद वितरण गर्दैछ । 

५० प्रतिशत हकप्रदको निश्कासनपछि बैंकको चुक्तापूँजी हालको ८३ करोड ८४ लाखबाट वृद्धि भई १ अर्ब २५ करोड पुग्नेछ । ३४ प्रतिशत बोनस पनि वितरण भइसकेपछि चुक्तापूँजी १ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्रमा राष्टिय स्तरको विकास बैंक बन्न २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । यो लक्ष्यलाई भेटाउन मुक्तिनाथले आगामी दिनमा समेत अझै हकप्रद वा बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ ।