काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफालाई ४५.३९ प्रतिशतको दरले वृद्धि गरेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आबमा नाफातर्फ राम्रै प्रगति हासिल भएको हो । 

बैंकले बुधबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ८५ लाख नाफा कमाएको मुक्तिनाथले यो वर्ष सोही अवधिमा ९ करोड ९७ लाख नाफा कमाएको छ । 

बैंकले खूद ब्याज आम्दानी १४ करोड ६२ लाखबाट बढाएर २१ करोड २६ लाख पुर्याएको छ । 

मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ८३ करोड ८४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ६० करोड ३१ लाख रुपैयाँ रहेको छ । 

देशको उत्कृष्ट पाँच भित्र पर्ने यो विकास बैंकले १२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ११ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्ष ८ अर्ब ३० करोड निक्षेप संकलन गरी ७ करोड २८ करोड कर्जा प्रवाह गरेको थियो । 

मुक्तिनाथले निस्क्रिय कर्जा दर(एनपिएल) पनि केही घटाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ०.३१  प्रतिशत रहेको एनपीएल चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ०.१८ मा आइपुगेको छ । 

यो बैंकको प्रति सेयर आम्दानी ३८.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.७४ रुपैयाँ कायम भएको छ ।