काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति गरेको छ ।
बैंकले मुख्य वित्तीय सूचकमा निकै राम्रो प्रगति गरेको हो ।
अघिल्लो वर्ष यो अवधिमा १८ करोडमा सीमित खूद नाफा बढाएर बैंकले २७ करोड ९५ लाखको उचाई चुमाएको हो । यो भनेको करिब ५५ प्रतिशतको फड्को हो ।
बैंकले अघिल्लो वर्ष २८ करोडमा सीमित संचालन मुनाफामा करिब ५७ प्रतिशतले प्रगति गरी ४३ करोड ९२ लाख पुर्याएको छ ।
व्यवसाय बिस्तारमा व्यवस्थापन आक्रामक बनेका कारण खूद ब्याज आम्दानीमा ४८.४० प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोड ७९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ६४ करोड ९८ लाख पुगेको छ ।
समीक्षा अवधिमा बैंकले २६ अर्ब ९७ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको छ । निक्षेपतर्फ करिब ५५ प्रतिशतको प्रगति गरेको यो बैंकले कर्जातर्फ ४९.३१ प्रतिशतले वृद्धि गरेको छ । निक्षेप र कर्जातर्फको वृद्धि निकै सन्तुलित देखिएको छ ।
बैंकले अघिल्लो वर्ष ४६ करोड ९९ लाखमा सीमित रिजर्ब बढाएर ६५ करोड २६ लाखको उचाई चुमाएको छ। यसरी रिजर्बतर्फ बैंकले करिब ३९ प्रतिशतको बढोत्तरी गरेको देखिएको छ ।
यो बैंकले वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १४.२५ रुपैयाँ रहेको इपीएस बढेर २० रुपैयाँ ५ पैसाको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा गरिमा विकास बैंकको प्रतिसेयर नेटवर्थ १२३.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.२३ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago