– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने २ दिन बढेको छ। 

अघिल्लो साता २०४९.३८ मा बन्द भएको बजार यो साता २०८४.९३ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ३५.५५ अंकले बजार बढेको छ। अघिल्लो साता दोस्रो बजारमा १०२ अंकले बजार घटेको थियो। 

यो साता दोस्रो बजारमा १६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता दोस्रो बजारमा १७ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से सूचक बढ्यो भने कारोबार घटेको छ। 

यो साता बजार बढ्दा नेप्सेको बजार पुँजीकरण ३० खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ८ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो साता ५६ अर्ब रुपैयाँले बजार पुँजीकरण बढेको छ। 

मुभिङ एभरेजका आधारमा 

यो साता दोस्रो बजारमा मुभिङ एभरेजमा पोजिटिभ क्रसओभर बनेको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा)

मुभिङ एभरेज भनेको विभिन्न सेयरको मूल्य तथा सूचकको समूहलाई मुभ हुँदै एभरेज निकालिने भएकोले दोस्रो एभरेजका लागि सुरुको अंक छोडेर त्यसपछि ५ वटा अंक लिएर पुनः औसत निकाल्ने यो प्रक्रिया पुनः लिँदै जाने हो। विशेषगरी यो विधि ५ दिने तथा २० र ५० दिने तथा २०० दिनको तथ्याँकलाई आधार मानेर निकालिन्छ। 

बजारमा छोटो समयको उतारचढाव हेर्न छोटै समयको तथ्यांक लिइन्छ भने लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांक प्रयोग गरिन्छ। मुभिङ एभरेजले दोस्रो बजारमा टेवा र अवरोध पत्ता लगाउन पनि प्रयोग गरिन्छ। 

यो साताको बजारलाई ५० दिने र २०० दिने मुभिङ एभरेजमार्फत हेर्दा दोस्रोपटक पोजेटिभ क्रसआभर बनेको छ। अघिल्लोपटकको बियरिस बजारलाई हेर्दा पनि दोस्रोपटकको पोजेटिभ क्रसओभरपछि बजारमा बुल यात्रा तय भएको देखिन्छ। यस हिसाबले मुभिङ एभरेजबाट हेर्दा दीर्घकालीन रुपमा बजारमा अप ट्रेन्ड लिन सक्ने देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा) 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डमार्फत हेर्दा यो साता पनि बजार अप्पर ब्यान्डसँगै चलेको देखिन्छ। अघिल्लो २ साता पनि बजार अप्पर ब्यान्डसँगै चलको थियो। 

भोलुमबाट बजारलाई हेर्दा भने लगातार २ सातादेखि कारोबारमा गिरावट आएको छ। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने यो साता पनि हिस्टोग्राम सकारात्मक र गाढा रहेको छ। 

साप्ताहिक रुपमा आरएसआई ५६ को तहमा रहेको छ। 

समग्रमा ३ वटै इन्डिकेटरमार्फत नै हेर्दा  यो साता बजारमा नाफा बुक चलेको र आगामी साता पनि चल्न सक्ने देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२२५५
  • प्रतिरोध २ –२२०७
  • प्रतिरोध १– २१२८

पिभट प्वइन्टः २०८१

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०८१
  • सपोर्ट २– २०४०
  • प्रतिरोध ३ –२००१

निष्कर्ष

यो साता बजार अघिल्लो साताको तुलनामा बढेको छ भने कारोबार घटेको छ। लगातार २ सातादेखि कारोबारमा गिरावट आइरहेको छ। बजारलाई दीर्घकालीन रुपमा हेर्ने हो भने विस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। 

मन्थ्ली बेसमा हेर्ने हो भने पनि मूल्यरेखाले तल्लो ब्यान्डबाट विस्तारै माथिको यात्रा तय गरेको र मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। तर, मध्य ब्यान्डबाट माथि जान नसेको अवस्था देखिन्छ। यसका लागि बजार कम्तीमा पनि २२०० माथि टिकेर कारोबार हुनुपर्ने हुन्छ। 

सेक्टरवाइज रुपमा हेर्दा

यो साता पनि बजारमा बढोत्तरीका हिसाबले होटेल तथा पर्यटन र जीवन बीमा समूह पहिलो र दोस्रोमा छन् भने फाइनान्स समूह तेस्रो स्थानमा उक्लिएको छ। चौथो, पाँचौँ र छैटौँमा क्रमशः अन्य, लघुवित्त र निर्जीवन जीवन बीमा समूह रहेका छन्। उत्पादन तथा प्रशोधन, विकास बैंक र कारोबार समूह क्रमशः सातौँ, आठाँै र नवौँ स्थानमा छन्। 

यसैगरी दसौँ, एघारौँ र बाह्रौँमा क्रमशः लगानी, वाणिज्य बैक र जलविद्युत समूह परेका छन्। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।