काठमाण्डौ । कोरोनाभाइसबाट मृत्युु हुुनुभन्दा ठीक पहिले एक ३२ वर्षका युुवकले आफ्नी पत्नी र छोराछोरीका लागि आँखा रसाउने हृदयविदारक चिठ्ठी लेखेका छन् ।
युुवकको मृत्युपछि जब उनकी पत्नीले उनको सामानहरु जाँच गर्न थालिन्, तब उनले मोबाइलमा लेखिएको एउटा चिठ्ठी भेटिन् । यो घटना अमेरिकाको कनेक्टिकटको डेनबरीको हो ।
एक महिना कोरोनासँग लडेपछि २२ अप्रिलमा जोन कोएल्हो नामका युुवकको मृत्युु भएको थियो । उनलाई पछिल्लो बीस दिनदेखि भेन्टीलेटरमा राखिएको थियो । जोन स्थानीय अदालतमा काम गर्ने गर्दथे । काम गर्ने क्रममा उनलाई कोरोना संक्रमण भएको थियो ।
उनले आफ्नो मृत्युु हुुनुभन्दा पहिले आफ्नी पत्नी र २ वर्षको छोरा र १० महिनाकी छोरीका लागि सम्बोधन गर्दै पत्र लेखेका थिए ।
उनकी पत्नी केटीका अनुुसार जोनलाई सुुरुवतामा कोरोनाको कुुनै लक्षण देखिएको थिएन । पछि उनकी छोरी र पत्नीलाई पनि कोरोनाको केही सामान्य लक्षण देखिएको थियो । जोनको अन्तिम समयमा उनकी पत्नी उनको साथमा हुुन चाहन्थिन्, तर केटी(जोनकि पत्नी) अस्पताल पुुग्दासम्म ढिला भइसकेको थियो । केटी अस्पताल पुुग्नुु अगावै जोनले यो संसारलाई सदाका लागि अलविदा गरिसकेका थिए ।
मृत्युुअघि जोनले आफ्नो फोनको नोट्समा यस्तो लेखेका थिए–“म तिमीहरु सबैलाई ह्दयदेखि नै माया गर्छुु । तिमीहरु सबैले मलाई एउटा राम्रो जिन्दगी दियौं । म आफूलाई धेरै नै भाग्यमानी ठान्दछुु र मलाई तिम्रो पति हुुन र बे्रडिन र पेनीको बुवा हुुनमा गर्व महशुुस हुुने गर्दछ । केटी, मैलै मेरो जीवनकालमा जति पनि मानिसहरुलाई भेटे उनीहरुमध्ये तिमी सबैभन्दा राम्री र केयरिङ छौं । तिमी अरुभन्दा भिन्न लाग्ने गर्छौ मलाई । मलाई यसरी माया गर्ने यो संसारकी तिमी एक्ली मानिस हौ । म नरहे पनि तिमी आफ्नो जीवन खुुसी र पहिलेको जस्तै अन्दाजमा जिउनुु, जसको कारण मेरो तिमीसंग माया बसेको थियो । छोराछारीका लागि तिमीलाई एउटा असल र महान आमाको रुपमा देख्न पाउनुु मेरो लागि एउटा शानदार अनुभव थियो । बे्रडिन(छोरा)लाई भनिदिनुु कि ऊ मेरो सबैभन्दा राम्रो र असल साथी हो भनेर । मलाई उसको बुुवा हुुनुुमा गर्व छ । पेनीलोप(छोरी)लाई भनिदिनुु कि ऊ मेरी राजकुुमारी हो भनेर । मेरी राजकुुमारी छोरीले आफूले चाहेको सबै कुुरा जीवनमा हासिल गर्न सक्नेछिन् । मेलै तिमीहरुसँग मेरा जीवनका सबै प्रकारका सुुखका क्षणहरु साट्ने मौका पाएँ, चाहे त्यो छोटो समयको लागि नै किन नहोस् । यसका लागि म आफूलाई भाग्यमानी ठान्दछुु । केटी यदि तिमीलाई माया गर्ने अर्काे कोही भेट्यो भने तिमी आफूलाई नरोक्नुु । उसले बस् तिमी र हाम्रा छोराछोरीलाई माया गरोस् । म तिमीहरु सबैलाई सधै माया गरिरहने छुु । सधैं खुुसी रहनुु ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago