काठमाण्डौ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको मुख्य अजेन्डासहित मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने भएको हो ।
वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिन) गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर/प्राप्ति समिति गठन गर्ने अजेन्डा पारित हुनेछ । त्यस्तै उपयुक्त बैंक वा वित्तीय संस्थासँग समझदारीपत्र गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त (स्वदेशी वा विदेशीं) मूल्यांकनकर्ता नियुक्त गर्ने गराउने, मूल्यांकनकर्ताको पारिश्रमिक तोक्ने, सेयर आदानप्रदान (सेयर स्वाप रेसियो) निर्धारण गर्ने, गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न अन्तिम सम्झौता गर्नेलगायतका मर्जर र प्राप्तिसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालकसमितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
त्यस्तै प्रचलित ऐन/कानुनको अधीनमा रही बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउने प्रयोजनका लागि वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बनधमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।
यसैगरी सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको ११.७५ प्रतिशतका दरले हुन आउने नगद लाभांश पनि वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ ।
बैंकको प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने, वार्षिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19