काठमाण्डौ । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

पुस २५ गते बसेको बैंक संचालक समितिको  बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ९.४५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

बोनस वितरणपछि मेगा बैंकको मात्रै चुक्तापूँजी ८ अर्ब ७ करोड पुग्नेछ । ६५ प्रतिशत हकप्रदपछि यो बैंकको चुक्तापुँजी ७ अर्ब ३७ करोड कायम हुनेछ ।