काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहीबार बिहान बसेको बैठकले गत असार ३१ गतेसम्मको सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापुँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४१६ रुपैयाँको कुल १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७५१.७९ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१.६० रुपैयाँबराबरको बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने ४० करोड ६३ लाख ४२ हजार २१०.१९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १० औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय बैंकले लिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19