काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५.४४ प्रतिशतले नाफा बढाएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले २ करोड १४ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो माइक्रो फाइनान्सले १ करोड ५८ लाख मात्र नाफा आर्जन गरेको थियो । 
माइक्रो फाइनान्सले शुक्रबार जारी गरेको एक वित्तीय विवरण अनुसार यसको ऋण सापटी १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो रकम १ अर्ब २३ करोड मात्र थियो । 

यो अवधिमा यो माइक्रो फाइनान्सले २९ करोड ४४ लाख निक्षेप संकलन गरी  १ अर्ब ५७ करोड ऋण प्रवाह गरेको थियो । अघिल्लो वर्ष भने १६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २६ करोड कर्जा प्रवाह गरेको थियो । 

यो माइक्रो फाइनान्सको खूद ब्याज आम्दानी ३ करोड ८९ लाख रहेकोमा यो वर्ष बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

मेरो माइक्रो फाइनान्सले निस्क्रिय कर्जा दर(एनपीएल) पनि घटाएको छ । २.८७ प्रतिशत रहेको एनपीएल घटाएर २.०२ प्रतिशतमा झारेको हो । कम्पनीको प्रति सेयर आम्दानी ४२.८४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८४ गुणा कायम भएको छ । 

यसैगरी, नागबेली लघुवित्त विकास बैंक लिमीटेडले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७.०२ प्रतिशत खूद नाफा आर्जन गरेको छ । नागबेलीले शुक्रबार वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खूद नाफा बढेको देखाएको हो । विवरण अनुसार ५९ लाख ५८ हजार रुपैयाँ खूद नाफा भएकोमा यो वर्ष ८७ लाख ५९ हजारको उचाईमा पुगेको हो । 

खूद ब्याज आम्दानीतर्फ पनि यो संस्थाले राम्रै प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड १६ लाख रहेको खूद ब्याज आम्दानी १ करोड ८२ लाख पुगेको छ । 

यो माइक्रो फाइनान्सको ऋण सापटी २५ करोड २८ लाखबाट वृद्धि भई ३६ करोड ९९ लाख पुगेको छ । यो संस्थाले १२ करोड ५२ लाख निक्षेप संकलन गरेको छ भने ५४ करोड १ लाख ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ करोड ६७ लाख निक्षेप संकलन गरी ३८ करोड २ लाख ऋ०ा प्रवाह गरेको थियो । 

नागबेली  लघुवित्तको चुक्तापूँजी २ करोड ५ लाख रुपैयाँ र सञ्चित तथा जगेडा कोषमा ५ करोड ९८ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा कम्पनीको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.०६ प्रतिशत रहेको एनपीएल यो वर्ष सोही अवधिमा १.७१ प्रतिशत पुगेको हो । 

यो कम्पनीको प्रति सेयर आम्दानी १२५.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३९.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.०४ गुणा कायम भएको छ ।