काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको छ ।
साथै सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्म १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको थियो । एकवर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो।
शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्तापूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडाकोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ।
माइक्रोफाइनान्सले असार मसान्तसम्ममा एकअर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलनर २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ।
हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५० जिल्लामा ९५ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19