काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते मंगलबार नुवाकोटको बट्टारस्थित होटेल वाटर टावरमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित हुनेछ। प्रस्तावित लाभांशमा १६.९३ प्रतिशत हुन आउने बोनस सेयर र ०.८९ प्रतिशत हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19