काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा २०९.४१ प्रतिशतले बढेको हो। संस्थाले समीक्षा अवधिमा २९ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि बढेर ३८ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १६ करोड ६२ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी ५७ करोड १४ लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको तुलनामा ८१.८९ प्रतिशतले बढी हो। गत वर्ष यस्तो आम्दानी ३१ करोड ४१ लाख रुपैयाँ रहेको थियो।
संस्थाले ९ अर्ब ९८ करोड रुपैयाँ सापटी लिई १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। यो हिसाबले संस्थाले व्यापार विस्तारमा निकै आक्रामक देखिएको छ।
संस्थाले रिजर्भको आकार ६८.३३ प्रतिशतले बढाएर ४८ करोड १ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा २८ करोड ५२ लाख रुपैयाँमात्र थियो।
चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३९.५३ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.६४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४८.०२ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago