काठमाण्डौ । साउन महिनामा मेहेन्दी लगाउन मन लाग्यो ? गोजीमा पैसा छैन ? उसो भए महालक्ष्मी विकास बैंक जानुहोस् । यो बैंकले साउन ६ गते सोमबारदेखि नै मेहेन्दी कार्यक्रम संचालनमा ल्याएको छ । तर, बैंकको यो कार्यक्रममा उसका महिला ग्राहकहरुका लागि मात्र हो भन्ने कुरा चाहि यहाँले बुझ्नुपर्छ । 

बैंकले एक विज्ञप्ति प्रकाशित गरी उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखाहरुमार्फत साउन महिनाभरि मेहेन्दी कार्यक्रम संचालन हुने प्रष्ट पारेको छ । 
बैंकले सो कार्यक्रम राजधानीभित्रका बसुन्धारा, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, दरबारमार्ग, नयाँबजार, झम्सिखेल, भाटभटेनी, सतुङ्गल, सुकेधारा, न्यूरोड शाखाहरुमा तथा राजधानीबाहिर धनगढी, हेटौडा, बीरगञ्ज, भैरहवा, राजापुर, कमाने, लुम्बिनी, पोखरा, पालुङ शाखाहरुमा पालैपालो महिनाभरि नै संचालन हुने जनाएको छ । 

यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफूलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्ने बैंकको प्रष्टोक्ति छ । 
बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतिको जगेर्ना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । 
बैंकले साउन ६ गते बानेश्वर शाखामा तथा श्रावण ८ गते दरबारमार्ग र न्यूरोड शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरिसकेको छ ।