काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको मैतीदेवीमा नयाँ शाखा स्थापना गरी कारोबार थालेको छ । 

फागुन २९ गते एक कार्यक्रमका बीच काठमाण्डौ महानगरपालिका वडानम्बर ३० स्थित मैतीदेवी शाखाको उद्घाटन गरिएको हो । 

यो शाखासँगै बैंकको शाखा सञ्जाल संख्या ९० पुगेको छ । 

यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।