काठमाण्डौ । बर्खायाम सुरु भइसकेको छ । यदि पानी परिरहेको बेला तपाइँसँग रेनकोट वा छाता छैन भने तपाइँ त भिज्नुहुन्छ नै साथै तपाइँले बोकेका अत्यावश्यक वस्तुहरु पनि नराम्ररी भिज्ने गर्छ । भिजेको कपडा त धोएर पुनः सुकाउन सकिएला तर यदि जीवनको अभिन्न वस्तु बनिसकेको मोबाइल भिज्यो भने के गर्ने ? कतिपय अवस्थामा मोबाइल पानीले भिज्दा बिग्रेर नबन्नेसम्मको समस्या आइपर्छ । यस्तोमा हजारौँ रुपैयाँ खर्च गरेर किनिएको मोबाइल निल्नु न ओकल्नु सरह हुन्छ ।
त्यसैले आउनुहोस् पानीले मोबाइल भिज्यो भने कसरी जोगाउन सकिन्छ भन्नेबारे यी टिप्सहरु जानौँः–
सबैभन्दा पहिला मोबाइल स्विच अफ गर्नुहोस् : यदि तपाइँको मोबाइल पानीमा भिज्यो भने तुरुन्तै स्विच अफ गर्नुहोस् । यदि तपाइँको मोबाइल पहिलेदेखि नै स्विच अफ छ भने स्विच अन गर्दै नगर्नुहोला । पानीको एक थोपा पनि मोबाइलभित्र पस्यो भने यसको चिपमा जडित सर्किट्सहरु आपसमा जोडिने हुँदा बिग्रिन सक्छ । तपाइँको मोबाइलमा स्पार्किङ पनि हुन सक्छ । पानी मोबाइलमा पस्नासाथ त्यसमा जोडिएका इअर फोन, डाटा केबलजस्ता एक्सेसरिज तुरुन्त हटाउनुहोस् ।
ब्याट्री झिकिहाल्नुहोस् : यदि तपाइँको मोबाइलमा पानी पस्यो भने तुरुन्त मोबाइल स्विच अफ गरेर ब्याट्री झिक्नुहोस् । ब्याट्री निकालेपछि ह्यासेन्टमा ब्याट्रीको तल एउटा सानो स्टिकर चिप हुन्छ, जुन धेरैजसो मोबाइल फोनमा सेतो रङको हुन्छ । यदि तपाइँको मोबाइलमा पानी पसेको छ भने यो पिंक वा रातो कलरमा परिवर्तन भइसकेको हुन्छ । यदि मोबाइलभित्र थोरै चिसो भए पनि यो स्टिकरको रङ परिवर्तन हुन्छ ।
मोबाइल फोन सुकाउन हेयर ड्रायर र माइक्रो वेभको प्रयोग नगर्नुहोस् : भिजेको मोबाइल फोन सुकाउनका लागि कहिल्यै पनि माइक्रो वेभ वा हेयर ड्रायरको प्रयोग नगर्नुहोस् । यी साधनले मोबाइल फोनलाई थप क्षति पु¥याउनु सक्छ । भिजेको मोबाइल फोनलाई पंखाको अगाडि राखेर हावा चलाएर सुकाउने कोसिस गर्नुहोस् ।
पानी सुकाउनुहोस् : कुनै हार्डवेयर वा कस्मेटिकमा गएर पानी सोस्ने वस्तु ल्याउनुहोस् र त्यसमा मोबाइललाई बेरेर दुई दिनसम्म राख्नुहोस्। मोबाइलको पानी त्यसले पूरै सोसिदिन्छ । तपाइँले चामल भरिएको भाँडाभित्र भिजेको मोबाइल राखेर पनि मोबाइलमा पसेको पानी सुकाउन सक्नुहुन्छ । त्यसका लागि तपाइँले भिजेको मोबाइल एक दिन र एक सात त्यो चामल भरिएको भाँडामा राख्नुपर्ने हुन्छ ।
तर याद राख्नुहोस् भिजेको मोबाइल कहिल्यै घाममा नसुकाउनुहोस् ।
मोबाइल सुकेपछि पुनः रिस्टार्ट गर्नुहोस् : जब तपाइँको भिजेको मोबाइल पूरै सुक्छ त्यसपछि त्यसमा ब्याट्री र सिम हालेर रिस्टार्ट गर्नुहोस् । यदि यति गर्दा पनि तपाइँको मोबाइल स्क्रिनमा लाइनमात्र आइरहेको तर बटनहरु चलिरहेको छैन भने तुरुन्तै मोबाइल बनाउने ठाउँमा जानुहोस् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago