NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंकले मोरङ्गको लेटाङ्ग नगरपालिका वडा नं ४ मा नयाँ शाखा स्थापना गरेको छ ।
कात्तिक १६ गते एक समारोहका बीच लेटाङ्ग शाखाको नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले समुद्घाटन गरे ।
ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्रबैंकको वित्तीय सवलीकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको बताए । सो कार्यक्रममा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृतले उपस्थित सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago