काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले भदौ १२ गते बिहीबार मोरङको उर्लाबारी तथा सुनसरीको इनरुवामा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।
उर्लाबारी शाखा कार्यालय तथा एटीएम समेको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो र इनरुवा नगरपालिका वडानम्बर १ भगवती मन्दिर रोडस्थित इनरुवा शाखा तथा एटीएमको सोही नगरपालिकाका मेयर राजन मेहेताले ताम्रपत्र अनवारण गरी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाहसँगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिइरहेको बताए ।
त्यसैगरी, विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन सँगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
कार्यक्रममा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
इनरुवाको शाखा तथा एटीएमको उद्घाटन इनरुवा नगर वडानम्बर १ का वडाध्यक्ष रामचन्द्र गोदारले पनि शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा बैंकका संचालक आनन्दप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी ढकाल, इनरुवा उद्योग वाणिज्य संघका सहसचिव रोशन खड्का लगायतले बोलको थिए ।
काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकले हालसम्म काठमाण्डौभित्र ८ वटासहित देशभर ८० शाखा, ३५ एटीएम संचालनमा ल्याएको छ । निकट भविष्यमै देशका विभिन्न १५ स्थानमा शाखा खोल्ने लक्ष्य लिएको छ ।