काठमाण्डौ । मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले केही नीतिगत व्यवस्था गरेसँगै सुस्त बनेको अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ ।
मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाले विशेष गरी ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको छ भने मन्दीतर्फ उन्मुख अर्थतन्त्रमा बढी समस्यामा रहेका क्षेत्रलाई राहात हुने गरी कर्जाको रिसेड्यूलिङ, रिस्ट्रकचरिङको व्यवस्था समेत गरेको छ ।
यस्तै, चालुपूँजी कर्जा लिएकाहरुलाई किस्ता तिर्ने विषयमा सहुलियत दिइएको छ भने कतिपय समस्याग्रस्त क्षेत्रहरुमा प्रवाह भएको कर्जालाई कोभिड १९ को संकटको बेलाजस्तै पुनर्कर्जाको व्यवस्था गर्ने भनिएको छ ।
मौद्रिक नीतिको समीक्षाले ८ वटा बुँदामार्फत अर्थतन्त्र र ऋणिहरुलाई राहात हुनेगरी विभिन्न व्यवस्था गरेको छ । ती बुँदा यस्ता छन्:
मुलुकको केन्द्रीय बैंकले औपचारिक रुपमा पहिलोपटक वास्तविक क्षेत्रमा शिथिलता देखिएको पनि समीक्षामार्फत स्वीकार गरेको छ । 'होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र रु.५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।'-मौद्रिक नीतिमा भनिएको छ । यो बुँदामा निर्माण क्षेत्र पनि समेटिएका कारण घर कर्जामा समेत सहुलियत हुने देखिन्छ ।
यस्तै, बैंकको ब्याजदर घटाउने गरी बैंकदर १ प्रतिशत विन्दूले घटाउने व्यवस्था भएको छ । यसले निक्षेप तथा कर्जाको ब्याजदर घटाउन मद्दत गर्नेछ । सेयर बजार र ब्याजदरको सम्बन्ध सधैं उल्टो हुन्छ । ब्याजदर घट्दा बजार बढ्छ भने ब्याजदर बढ्दा बजार घट्छ । ब्याजदर घटेर सेयर बजारमा पनि रौनक फर्किने केन्द्रीय बैंकको अपेक्षा देखिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19