काठमाण्डौ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव दिनको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ ।

आज चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने बताएको छ ।