काठमाण्डौ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा गए सहुलियत दिने विषय समेट्ने र ब्याजदर स्थायीत्व तथा तरलता

व्यवस्थापनका लागि केही नयाँ व्यवस्था गर्ने खबर फैलिएसँगै त्यसको सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । 

यो दिन बजारमा ६.९ अंकको बढोत्तरी भएको छ भने कारोबार रकम पनि ४४ करोड भन्दा माथि पुगेको छ । 

काठमाण्डौ । नेपाल  राष्ट्रबैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्न थालेको छ। 

लाजिम्पाटस्थित होटल र्याडिसनमा एक समारोहका बीच गभर्नर डा. चिरञ्जिवी नेपालले मौद्रिक नीति पढ्न थालेका हुन् । 

मौद्रिक नीति ४ बजे सार्वजनिक हुने भनिए पनि केही समय ढिलो भएको थियो । 

मौद्रिक नीति सार्वजनिक समारोहमा विभिन्न बैंक संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, राष्ट्रबैंकका उच्चपदस्थ कर्मचारी, अर्थमन्त्रालयका कर्मचारीहरु, उद्योगी व्यवसायी, संचारकर्मी लगायतको ठूलो सहभागिता रहेको छ । होटल र्याडिसनको सभाहल अन्य मौद्रिक नीतिको भन्दा यसपटकमा बढी खचाखच देखिएको बिजशाला संवाददाताहरुले जनाएका छन् । 

ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने नीति आउने भएका कारण यसपटकको मौद्रिक नीतिलाई चासोको साथ हेरिएको छ । 

सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र ६ प्रतिशतभित्र मुद्रास्फितिलाई सीमित राख्ने लक्ष्य पूरा गर्ने गरी नीति ल्याइएको छ । 

यसपटकको मौद्रिक नीतिले बैंकहरुले सधैंजसो भोग्ने तरलताको समस्याको समाधान र ब्याजदरको स्थायीत्वका लागि समेत विशेष व्यवस्था गर्ने आशा गरिएको छ ।