काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।
यसका लागि केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिका लागि रायसुझाव पठाउन सार्वजनिक आह्वान गरेको छ ।
यस्ता रायसुझाव सर्वसाधारण तथा सरोकारवाला जोसुकैले पठाउनसक्नेछ ।
बैंकको इमेल ठेगानामा मेल गरेर, टेलिफोन नम्बरमा फोन गरेर वा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव पठाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
सरकारले बजेटमार्फत आगामी आर्थिक ७ प्रतिशत बढीको आर्थिक वृद्धिदरको महत्वकांक्षी लक्ष्य राखेको छ । कोभिड १९ को महामारीले थिलथिलो बनेको अर्थतन्त्रले त्राण पाउने आशा कमजोर बनिरहेको बेला सरकारले राखेको आर्थिक वृद्धिदरको यो लक्ष्य प्राप्तिका लागि कस्तो खालको मौद्रिक नीति आउने हो भन्ने चासोको विषय बनेको छ।
यसपटकको मौद्रिक नीतिमा बजेटले गर्न नसकेको सम्बोधन गर्ला र केही राहातको महसुस गर्न सकिएला भन्ने आशामा सेयर लगानीकर्ताहरु पनि छन् । धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका कतिपय मुद्धा मौद्रिक नीतिमा समेट्ने वचन दिएका कारण समेत सेयर बजार र लगानीकर्ताका लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति थप चासोको विषय बन्न पुगेको छ ।
नेपाल राष्ट्रबैंकले असारभरिमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago