काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता मात्रै सार्वजनिक हुने भएको छ ।
गत वर्ष पनि तत्कालीन नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालले साउन ८ गते आव २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
हाल नयाँ मौद्रिक नीतिका लागि सुुझाव संकलनको काम भइरहेको उल्लेख गर्दै नेपाल राष्ट्रबैंकका प्रवक्ता गुुणाकर भट्टले आव २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता मात्र आउने जानकारी दिएका हुुन् ।
दश महिनासम्मको तथ्याङ्क धमाधम अपडेट गरिरहेको र त्रैमासिक समीक्षा गर्ने कार्य भइरहेको उल्लेख गर्दै प्रवक्ता भट्टले सरोकारवालाहरुबाट सुुझाव संकलन लिने काम भइरहेको बताए ।
‘असारसम्मका लागि २ वटा सर्कुुलर मार्फत बजार सहजीकरण गर्ने कार्य भएको छ, बाँकी महिनाको तथ्याङ्कमा आधारित भएर मौद्रिक नीति ल्याउने तयारी हुुँदैछ,’उनले बिजशालासँग भने–‘कोरोनोको कहरबाठ प्रभावित क्षेत्रहरुका बारे मिहीन र सूक्ष्म अध्ययन पनि भइरहेको छ ।’
कोरोनाको कहर र लकडाउनले नेपालको अर्थतन्त्र थलिएका बेला बहुुप्रतिक्षित ब्याजदर भने बजारको माग र आपूूर्तिले नै निर्धारण गर्ने जिकिर गरेका भट्ट हाल ६५ प्रतिशत रहेको सेयरको मार्जिन सीमाका विषयमा प्राप्त सुुझावका आधारमा निर्णय लिइने बताउँछन् ।
नेपाल राष्ट्रबैंक ऐन,२०५८ मा भएको व्यवस्था बमोजिम आव २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक हुँदै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago