काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर घटेर कारोबार भएको थियो। अन्तिममा बजार करिब ३२ अंकले घटेर बन्द भएको छ।
आज बजार घट्दा कारोबार भने बढेको छ। यो त्यति राम्रो मान्न सकिन्न।
प्राविधिक रुपमा एक घन्टाको समयावधिमा हेर्दा आज कारोबारको दोस्रो प्रहरमा बजार मध्य ब्यान्डबाट तल झरेको छ। (हेर्नुहोस् कालो एरो)
बजारलाई म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर बनेको छ। योसँगै हिस्टोग्राम नेगेटिभ बनेका छन्। यसले घट्दो बजारलाई संकेत गर्छ।
एक घन्टाकै समयावधिमा हेर्दा आरएसआई ६० को तहबाट खसेर हाल ४१ को तहमा पुगेको छ। घट्दो बजारमा यस्तो विन्दु ओभर सोल्ड जोन ३० भन्दा तल जान सक्छ।
मनी फ्लो इन्डेक्सबाट हेर्दा पनि बजार ६० कै तहबाट खसेर तल झरेको छ। पिभटबाट हेर्दा आज बजार पिभट प्वइन्ट २०५६ बाट तल खसेर २०४५ को विन्दुमा बन्द भएको छ।
यदि आगामी दिनमा घटेमा बजारले पहिलो सपोर्ट २०१० मा, दोस्रो सपोर्ट १९५४ मा र तेस्रो सपोर्ट १९०८ मा लिन सक्छ। आगामी दिनमा बढेमा भने बजारले क्रमशः २०११, २०६० र २२१३ मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19