काठमाण्डौ । सेयर बजार आज ११ अंकले बढेर बन्द भएको छ। आज दिनभरको कारोबारमा बजार ३३ अंकको उतारचढाव भएको छ। 

प्राविधिक रुपमा क्यान्डल स्टिकका आधारमा आजको बजारलाई हेर्दा स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डल आफैँमा अनिर्णयको संकेत हो। तर, हरियो स्पिनिङ क्यान्डल बनेका कारण बुलिस स्पिनिङ टप क्यान्डल बन्न सक्ने सम्भावना रहन्छ। 

आज २१६५ मा बन्द भएको बजारले यदि आगामी कारोबारमा २१७५ भन्दा माथि–माथि टिकेको खण्डमा करिब अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ। आज बजार पिभट प्वइन्टको दोस्रो प्रतिरोध २०६० भन्दा माथि टिकेर बन्द  भएको छ। यसलाई सकारात्मक रुपमा लिन सकिन्छ।

बजारलाई म्याक्डीमार्फत हेर्दा आज २ महिनापछि बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम पनि सकारात्मक बनेको छ। यसअघि मे १७ मा बुलिस क्रसओभर बनेको बजारमा करिब ३०० अंकको बढोत्तरी भएको थियो। यस हिसाबले बजार दीर्घकालमा सकरात्मक हुन सक्ने देखिन्छ। 

आरएसआई पनि ‘डब्ल्यू’ आकार बनाएर ५५ को तहमा पुगेको छ। मनी फले इन्डेक्स पनि आज हुक बनाएर माथिको यात्रा तय गरेको देखिन्छ। 

पिभटमार्फत हेर्दा आज दोस्रो प्रतिरोधबाट माथि गएको बजारले २१९३ मा तेस्रो प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले २१२१, २०८५ र २०५० मा क्रमशः सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।