काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार करिब ३० अंकले घटेको छ। दिनभरको कारोबारमा बजारमा करिब ४२ अंकको उतारचढाव आएको थियो।
प्राविधिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही समयपहिले अप्पर ब्यान्डमा रातो क्यान्डल बनेको थियो। त्यसपछि खसेको बजार आज मध्य ब्यान्डमा सपोर्ट लिन झर्दै गरेको देखिन्छ।
आज २१२६ मा बन्द भएको बजारको मध्य ब्यान्डको सपोर्ट करिब २०१८ को विन्दुमा रहेको देखिन्छ।
डेली बेसमा म्याक्डीमार्फत बजारलाई हेर्दा आज जुलाई ४ पछि बियरिस क्रसओभर बनेको छ। योसँगै हिस्टोग्राम पनि नेगेटिभ बनेको छ।
आरएसआईमार्फत बजारलाई हेर्दा ७३ को ओभरबट जोनबाट खसेको बजार ५३ को न्युट्रल जोनमा रहेको छ। मनी फ्लो इन्डेक्सबाट हेर्दा पनि बजार ओभरबट जोनबाट खसेर ७१ को तहमा झरेको देखिन्छ।
समग्रमा ४ वटै इन्डिकेटरबाट बजारलाई हेर्दा केही बिक्री दबाब आएको देखिन्छ।
सुपर ट्रेन्डबाट हेर्दा बजार हालसम्म पनि बुलिस नै रहेको देखिन्छ। सुपर ट्रेन्डमा बजार २१०० माथि रहुन्जेल बुलिस नै रहेको देखिन्छ।
इचिमोकुमार्फत हेर्दा भने बजारमा त्यति सकारात्मक हुन सक्ने अवस्था देखिँदैन। किनकि मूल्यरेखाहरु बेस लाइन र कन्भर्जन लाइन दुवैबाट तल खसेका छन्। बजारलाई ट्रेन्ड लाइनमार्फत हेर्दा आज करिब २१५० को विन्दुबाट तल झरेको छ। यसले बजारमा बिक्री दबाब परेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19