काठमाण्डौ । आज पनि सेयर बजार दिनभर घटेर नै कारोबार भयो। अन्तिम समयमा बजार ९ अंकले बढी घटेर नै बन्द भएको छ।
पछिल्लोपटक आजसम्म बजार लगातार ५ दिन गिरावट आएको छ। केही समयदेखि दोस्रो बजारमा सूचकमात्रै घटेको छैन कि कारोबार पनि सुस्ताउँदै गएको छ। केही समय पहिले ७ अर्ब कारोबार भएपछि थोरैमा १ अर्ब कारोबारमा खुम्चिएको बजार हाल आएर ५०–६० करोडमा खुम्चिएको छ।
योसँगै बजार पुँजीकरण पनि हाल २७ खर्ब ६४ अर्बमा आइपुगेको छ। बजार अल टाइम हुँदा ४२ खर्ब ८४ अर्ब बजार पुँजीकरण पुगेको थियो। यो हिसाबले उच्च विन्दु ३१९८ बाट हालसम्म करिब १५ खर्ब रुपैयाँभन्दा बढी बजारले गुमाएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा डेली बेसमा म्याक्डीमा बियरिस क्रसओभ बनेको छ (हेर्नुहोस् कालो एरो)। योसँगै आज नै हिस्टोग्राम पनि नेगेटिभ बनेको छ। यसले बजारमा बिक्री दबाब बढेको देखिन्छ।
बोलिंगर ब्यान्डबाट हेर्दा मूल्यरेखाले केही समयपहिले १८९० को विन्दुबाट नै मध्यरेखा छोडेको थियो।
त्यसैगरी आरएसआईमार्फत हेर्दा ४० को तहबाट खसेर आज ३८ को तहमा पुगेको छ। यसले बजार ओभर सोल्ड जोनतर्फ आकर्षित देखिन्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब परेको देखिन्छ। निरन्तर खसेको बजारले यदि आगमी दिनमा पनि निरन्तरता पाएको खण्डमा १८३० देखि १८३५ को विन्दुमा बलियो सपोर्ट लिन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago