काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै निरन्तर घटेको थियो। बजार घट्दा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्रीकर्ता हावी भएको बुझिन्छ। 

प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मूल्यरेखाले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ।  डेली बेसमा म्याक्डीमार्फत हेर्दा भने करिब डेढ महिना पहिले बनेको बुलिसक्रस मंगलबार र बुधबारको कारोबारमा बियरिस क्रसओभर बनेको छ। योसँगै हिस्टोग्राम नेगेटिभ भएका छन्। यसले घट्दो बजारलाई संकेत गर्छ। 

आरएसआईमार्फत हेर्दा ७८ को ओभरबट जोनबाट खसेको बजार आज ५२ को न्युट्रल जोनमा आएको छ। समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ। 

आज अन्तिम आवरमा बजार घट्दा कारोबार बढ्नुले आगामी कारोबारमा पनि बिक्री दबाब पर्न सक्ने देखिन्छ। १५ मिनेटको चार्टमा पिभटमार्फत हेर्दा बजारले आज दोस्रो सपोर्ट २०४९ को विन्दुमा लिएको छ। अबको तेस्रो र बलियो सपोर्ट भनेको २०३२ को विन्दुमा देखिन्छ। यदि त्यहाँबाट पनि तल खस्छ भने बजारले अर्को महत्वपूर्ण सपोर्ट २००० मा लिन सक्ने छ।  

बढेमा भने बजारले क्रमशः पिभट प्वइन्ट २०८६, २१०६ र २१२४ मा प्रतिरोधको सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।