काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । 

बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रु ५०,००० को आर्थिक सहयोग प्रदान गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 
विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । 

यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ । 

हाल यो बैंकको देशभर ९३ शाखा, ९० एटीएम र १०३ शाखारहित इकाईहरुको सञ्जाल फैलिएको छ । बैंकले करिब ५ लाखलाई गुणस्तरीय सेवा दिइरहेको छ ।