काठमाण्डौ । एनआईसी एशिया बैंकले तेह्रथुमको म्याङलुङमा समेत शाखा बिस्तार गरेको छ । 

म्याङलुङ शाखाको एक समारोहका बीच म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरे।

योसहित एनआइसी एशिया बैंकको हाल शाखा संख्या २६४ पुगेको छ भने २६४ वटै एटीएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । 

यो बैंकको देशमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।