काठमाण्डौ । संभावित जोखिम व्यवस्थापन कोषबाट २ करोड १६ लाख फिर्ता गरेर पनि स्वदेशी लघुवित्त बित्तीय संस्थाले नाफा बढाउन सकेन ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सुनसरीको इटहरीमा केन्द्रीय  कार्यालय रहेको यो माइक्रोफाइनान्स कम्पनीको नाफा १ करोड ३६ लाख भएको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १ करोड ३५ लाख थियो । 

यो माइक्रोफाइनान्स कम्पनीको संचालन नाफामा ठूलै पहिरो गएको छ । अघिल्लो वर्ष १ करोड २४ लाख रहेको यस्तो नाफा समीक्षा अवधिमा २ लाखले  ऋणात्मक भएको छ ।

अघिल्लो वर्ष यही अवधिमा ०.९२ प्रतिशत रहेको खराब कर्जा बढेर १.७८ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी पनि २८.६६ बाट घटेर २३.७२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

यो अवधिमा स्वदेशी लघुवित्तले ४८ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ४८ करोड सापटी लिई १ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २१ करोड ३३ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ६ करोड बराबरको सापटी लिई १ अर्ब ५ करोड बराबरको कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १ करोड ८१ लाख रुपैयाँमा सीमित रिजर्ब कोष बढेर २ करोड ६३ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको  प्रतिसेयर नेटवर्थ १२२.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.४६ गुणा कायम भएको छ ।