Mega Bank Limited
काठमाण्डौ । मेगा बैंक लिमीटेडले मर्जरअघि आफू र टुरिजम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको बोनस सेयर खारेज गरेको छ । यसअघिको बोनस दर खारेज गर्दै मर्जरपछि कायम चुक्तापूँजीको १०.७५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयर वितरणको नयाँ प्रस्ताव गरेको हो ।
जेठ २९ गते बसेको बैंक संचालक समितिको २२१ औं बोर्ड बैठकले मर्जरपछि कायम ९ अर्ब २८ करोड चुक्तापूँजीको १०.७५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
यसको अर्थ यो बैंकले ९९ करोड ८६ लाख ९५ हजार १ सय ५३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
मर्जरअघि टुरिजम बैंकको संचालक समितिले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो भने मेगा बैंकले सो बेलाको चुक्तापूँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।
अब भने ती दुवै निर्णय खारेज भएका छन् र दुवै बैंकका सेयरधनीले समान १०.७५ प्रतिशतको दरले बोनस सेयर पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago