काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडको बोनस दर घटेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यो पटक लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
यो भनेको गत वर्षको भन्दा कम बोनस दर हो । गत वर्ष कम्पनीले ३१.४८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । साथमा १.६६ प्रतिशत नगद लाभांश समेत वितरण गरिएको थियो ।
यो पटक १७ प्रतिशत बोनस सेयरको साथमा ०.८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरिएको छ ।
असोज ४ गते बिहान बसेको बैंक संचालक समितिको १७५ औं बोर्ड बैठकले घटाएर बोनस घोषणा गरेको हो । गत वर्ष नाफामा अघिल्लो वर्षको तुलनामा गिरावट आएकोले समेत कम्पनीको बोनस दर घटेको बताइएको छ ।
कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, ८४ लाख ७३ हजार ६ सय ८४ रुपैयाँ बराबर कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।
संचालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ५८ करोड ५० लाखको उचाईमा पुग्नेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19