काठमाण्डौ । विश्वका सबैभन्दा धनी एलन मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको छ। 

टेस्ला कम्पनीको १० प्रतिशत हिस्सा बच्ने मस्कले ट्विटर सुझाव मागेका थिए। जहाँ उनका अधिकांश फलोअर्सले सेयर बेच्न सुझाव दिएका थिए। त्यसपछिका २ दिनमा टेस्लाको सेयरमा गिरावट आएको हो। मंगलकार कम्पनीको सेयरमा १२ प्रतिशतको गिरावट आएको थियो।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमै २ दिनमै आएको यो गिरावट हालसम्मकै उच्च हो। गत सोमबार एलन मस्कको सम्पत्तिमा १५.१ अर्ब डलर र मंगलबार ३५ अर्ब डलरको गिरावट आएको छ।

टेस्लाको सेयरमा गिरावट आउनुमा थुप्रै कारण देखिएको छ। जसमा मस्कले टेस्लाको १० प्रतिशत हिस्सा बेच्न चाहेकोमा मागेको सुझाव मुख्य देखिएको छ। टेस्लामा मस्कको २३ प्रतिशत हिस्सा रहेको छ। 

यसैगरी हालै सार्वजनिक एउटा खबरमा मस्कले आफ्ना भाइ किम्बललाई पनि टेस्लाको सेयर बेचेको सार्वजनिक भएको थियो। 

मस्कले सायद आफ्नो व्यक्तिगत कर्जा तिर्नका लागि सेयर बेच्न चाहेको अनुमान गरिएको छ। – एजेन्सी