काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।
केही दिनयता लगातार कच्चा तेलको मूल्य ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि कच्चा तेलको मूल्य भारी गिरावट आएको हो।
विश्वकै ठूलो उपभोक्ता अमेरिकामा कच्चा तेलको इन्भेन्ट्रीमा कमी आएपछि कच्चा तेलको भाउ पनि घटेको हो। अमेरिकाको पीएमआई डाटा बिहीबारमात्र आएको छ। सोचेभन्दा कमजोर देखिएको छ।
यसअघि अमेरिकाको ऊर्जा सूचना प्रशासनको तथ्यांक आएको थियो। ऊर्जा सूचना प्रशासनको तथ्यांकअनुसार अगस्ट १८ मा ६.१ मिलियन ब्यारेल कच्चा तेलको इन्भेन्ट्रीमा कमी आएको छ।
अब फेडरल रिजर्भले केही कदम चाल्न सक्ने अनुमान गरिएको छ। यही अनुमानका कारण बिहीबार पनि कच्चा तेलको बजारमा सुस्तता देखिएको हो।
बिहीबार बजार बन्द हुँदा बेन्चमार्क ब्रेन्ट क्रुडको भाउमा प्रतिब्यारेल १.२१ डलरले घटेर ८३ डलर कायम भएको छ। यसअघि बुधबार बजार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ घटेर प्रतिब्यारल ८४.२१ डलर कायम भएको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19