काठमाण्डौ । यसपालिको दसैँका लागि घटस्थापनाको आसपासबाट मात्रै नयाँ नोट साट्ने पाइने भएको छ।
नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सहटीको व्यवस्था ल्याउन अहिले आन्तरिक गृहकार्य गरिरहेको छ। ‘अहिले आन्तरिक तयारी भइरहेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसपालि घटस्थापनाको १–२ दिन अगाडि वा पछाडिबाट नयाँ नोट साट्ने व्यवस्था हुन सक्छ।’
राष्ट्र बैंकले गत वर्षको दसैँमा असोज २ गतेबाटै नयाँ नोट साट्ने व्यवस्था गरेको थियो। गत वर्ष दसैँको घटस्थापना असोज १० गते परेको थियो।
यो वर्ष घटस्थापना असोज २८ गते परेको छ। नयाँ नोट सट्ने सुविधा पनि घटस्थापनाकै आसपासमा हुन सक्ने ती अधिकारीले जानकारी दिए।
यसपालि पनि पोहोरकै जस्तै प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ अर्थात ५, १०, २०, ५० र १०० दरका एक–एक बन्डल नयाँ नोट साट्ने सुविधा हुने ती अधिकारीले बताए। यसपालि क्यूआरबाट भुक्तानी गरी नयाँ नोट साट्न मिल्ने व्यवस्था पनि हुने ती अधिकारीको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19